Main News

सभामुख देवराज घिमिरे पार्टीको इशारामा चलेकाे आराेप (भिडियो रिपोर्टसहित)

२०८० साउन ३० गते २०:४०
सभामुख देवराज घिमिरे पार्टीको इशारामा चलेकाे आराेप (भिडियो रिपोर्टसहित)

३० साउन २०८० काठमाडौं । एमालेबाट सभामुख बनेका देवराज घिमिरेलाई पार्टीकै इशारामा चलेको आरोप लागेको छ । सत्तापक्षका सांसदले मात्र होइन, प्रतिपक्षी दलका सांसदलेसम्म सभामुख घिमिरे पार्टीको कार्यकर्ता जस्तो भएको भनेका छन् ।

संसदमा बोल्ने पालो र समयमा पनि सभामुखले विभेद गरेको उनीहरुको आरोप छ । संसद खोल्ने हर सम्भव प्रयास गरिरहेको छु भन्ने सभामुखको पहल कमजोर भएको आरोप लाग्न थालेको छ । यति मात्रै होइन्, एमालेले सभामुखलाई नै प्रयोग गरेर संसद अवरुद्ध गराएको जस्ता गम्भीर आरोप पनि सभामुखलाई लागेको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेर सभामुखमा निर्वाचित देवराज घिमिरेलाई एमालेकै इशारामा चलेको आरोप लागेको छ । सामान्यतया सभामुख निष्पक्ष हुनुपर्ने हो । तर सभामुखले यसलाई भुल्दै एमालेको ुएस म्यानु भएको सत्तापक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएका छन् ।

एमालेले उहाँलाई अस्त्र बनाएर बारम्बार संसद अवरुद्ध गराएको सत्तापक्षकै सांसदको आरोप छ । साउन १० देखि लगातार अवरुद्ध हुँदै आएको संसद सोमबार पनि चल्न नसकेपछि सत्तापक्षका सांसदसँगै प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि अपत्ति प्रकट गरेको छ । सभामुखलाई नै प्रयोग गरेर संसद ुहाइज्याकु भएको आरोप लागेको छ ।

यति मात्रै होइन् सभामुखले आफूलाई मन लागेका सांसदलाई माग समय दिने तर अन्यलाई बोल्दा(बोल्दै समय सकिएको भन्दै विभेद गर्ने गरेको पनि आरोप लागेको छ । यता संसदीय समितिको सभापति चयन गर्न बारम्बार पहल गर्दै आएको भनिरहनुभएका सभामुख घिमिरेका कुरा अहिले फेल खाएको छ ।

लामो रस्साकस्सीपछि बैशाख ११ गते संसदीय समिति गठन भयो । तर, समिति गठन भएको ४ महिना पुग्नै लाग्दा पनि सभापति भने चयन हुन सकेका छैनन् । साउन २२ गते कांग्रेसलाई ४, एमालेले ३, माओवादी केन्द्रले २, जसपा, एकिकृत समाजवादी र जनमत पार्टीले १–१ वटा समितिको सभापति पाउनेगरी भागवण्डा लगाईए पनि अहिलेसम्म चयन भने हुन सकेका छैनन् । यसमा पनि सभामुखकै कमजोरी रहेको विश्लेषण हुन थालेको छ ।

सभामुखलाई पक्षपाती भएको आरोप अहिले मात्रै होइन् केही महिनादेखि निरन्तर लाग्दै आएको छ । सत्तापक्षकै सांसदले सभामुख पार्टीको कार्यकर्ता जस्तो भएको टिप्पणी गरेपछि केहि समय पहिला उहाँसँग हामीले कुराकानी गर्यौं । समिति सभापति चयनमा आफ्नो ठाउँबाट गर्नुपर्ने कसरत गरिरहेको, संसदमा निष्पक्ष भूमिका निर्वाह गरिरहेको सभामुख घिमिरेको दाबी छ ।

सभामुखकै भूमिकाका कारण आफूहरुलाई एमालेको लहैलहैमा लागको आरोप लागेको भन्दै रास्वपाले यसअघि नै आपत्ति जनाएको थियो । तर, साउन पहिलो सातादेखि एमालेले नाराबाजी गर्नेवित्तिकै संसद स्थगित गर्ने सभामुखको नियतिका कारण सत्तापक्षका सांसद पनि आजित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *