Main News

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

हिमालय टिभी
२०८० साउन ३० गते १८:४५
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण

३ साउन २०८० काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ६ हजार ९ सय ७६ रहेको छ । ३८ हजार ९९९ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन ।

यसैगरी सबैभन्दा धेरै ६९ हजार १७४ जनाले २।८१ देखि ३.२० जीपीए ल्याएका छन । बोर्ड अध्यक्ष महाश्रम शर्माले यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड एनजी भएको जानकारी दिनुभयो । सबैभन्दा बढी नन ग्रेडिङ अंग्रेजी विषयमा आएको छ । १ लाख ९ हजार ५२७ जनाको अंग्रेजट्ठ विषयमा एनजी आएको हो ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ९एनजी० ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *