Main News

राहतको विषयलाई लिएर कर्णाली नदी तटीय क्षेत्रका नागरिक विरोधमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३० गते १६:५२
राहतको विषयलाई लिएर कर्णाली नदी तटीय क्षेत्रका नागरिक विरोधमा (भिडियो रिपोर्टसहित)

३० साउन २०८० बर्दिया । राहतको विषयलाई लिएर बर्दियाको गेरुवा गाउँपालिकाकाको कर्णाली नदी तटीय क्षेत्रमा बस्ने नागरिक विरोधमा उत्रिएका छन् ।

विश्व खाद्य कार्यक्रमको पूर्वानुमानमा आधारित राहत वितरण कार्यक्रमलाई गेरुवा गाउँपालिकाले साउन २२ गते गरेको संशोधनमा आफुहरुलाई उपेक्षा गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

विश्व खाद्य कार्यक्रमले नदीको तटीय क्षेत्रका बासिन्दलाई प्राथमिकता दिएर राहत वितरण गर्ने कार्यक्रम ल्याए पनि पालिकाले संशोधन गर्दै डुवानमा परेकालाई मात्र राहत दिने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन । उनीहरुले गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

कर्णाली चिसापानीमा पानीको सतहले खतराको सतहपार गरे तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरुले बाढीले घरमा क्षति पुर्‍याए पनि नपुर्‍याए पनि विश्व खाद्य कार्यक्रमको राहत पाउने व्यवस्था रहेको थियो । तर पालिकाले गरेको निर्णयले तटीय क्षेत्रमा बस्ने सबै घरधुरीहरुले यो राहत नपाउने भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *