साउन ३ गते बरामद सुनको तौल सार्वजनिक गरिँदै
३० साउन २०८० काठमाडौं । राजश्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको एक क्विन्टल सुन गालेर सकिएको छ ।
बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा बिहानबाट सुन गाल्न सुरु गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो । हिजो ब्रेक सुबाट सुन छुट्याइएको थियो ।
यसरी छुट्याइएको सुनको तौल ६० किलो ७ सय ८९ ग्राम छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले जानकारी दिनुभयो । आचार्यले सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने बताउनुभयो ।
त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ। राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।
प्रतिक्रिया