Main News

मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

हिमालय टिभी
२०८० साउन ३० गते १३:०८
मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

३० साउन २०८० मुगु । मुगुमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको छ ।

उपचारका क्रममा सोरु गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य लोकजङ्ग नेपालीको मृत्यु भएसँगै मृतक संख्या पाँच पुगेको हो ।

यसअघि हुम्ला जिल्ला सर्केगाड-२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो ।

यस्तै मुगुको सोरु गाउँपालिका वडा नम्बर–७ सीप गाउँका चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोरु(६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।

सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका(७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *