Main News

नेताको रवाफले विमानस्थलमा भिड, विमानस्थलको आग्रहमाथि मजाक (भिडियो रिपोर्टसहित)

२०८० साउन २९ गते २०:५०
नेताको रवाफले विमानस्थलमा भिड, विमानस्थलको आग्रहमाथि मजाक (भिडियो रिपोर्टसहित)

२९ साउन २०८० काठमाडौं । गत असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले एक अपील जारी गर्‍यो ।

विमानस्थलमा भीडभाड बढेकाले व्यवस्थापनमा कठिनाइ भएको भन्दै एक जना यात्रुको स्वागत र बिदाइमा बढीमा तीन जना मात्रै सहभागी हुन कार्यालयको आग्रह थियो । तर विमानस्थलको अपील विपरित विशिष्ठ व्यक्तिहरुले ने अनावश्यक भीडभाग गर्ने गरेका छन् । सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल युरोप भ्रमणबाट फर्किँदा विमानस्थलमा थेगिनसक्नु भिड देखियो ।

गत असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले भीडभाड नियन्त्रणका लागि गरेको सार्वजनिक अपिल हो यो ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाका उडान अवतरणको संख्या बढ्दो क्रममा रहेको तर विमानस्थलको टर्मिनल भवन बाहिरको सीमितताका कारण भीडभाड बढेको भन्दै एक जना यात्रुको बिदाइ तथा स्वागतमा तीन जनाभन्दा बढी नआउन कार्यालयले आग्रह गरेको थियो ।

भीडभाडले ट्राफिक व्यवस्थापनमा कठिनाई भएको, प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको, यात्रुहरुको व्यवस्थापन र सहज आवत जावतमा कठिनाइ भएको भन्दै अपिल जारी भएको थियो । विमानस्थल कार्यालयको अपिलविपरित अहिले पनि भीडभाड लाग्ने गरेको छ । भीड लगाउनेमा राजनीतिक नेतृत्व नै अगाडि देखिन्छ ।

उदाहरणका लागि गत साउन ९ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किँदा विमानस्थलको विशिष्ठ कक्षमै नेता कार्यकर्ताको भीड लाग्यो ।

ओलीकै शैलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किँदा पनि सोमबार बिहान विमानस्थलमा नेता कार्यकर्ताको ठूलै भीड देखियो । ललिता निवास प्रकरणमा छानबिनको दायरामा तानिएका नेपाले विमानस्थलमै आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै मिडियासमेत बोलाएपछि भीड थप ठूलो भयो ।अति विशिष्ठ कक्षमै नेता कार्यकर्ताको प्रवेशले बस्ने ठाउँको अभाव भयो ।

यी पछिल्ला प्रतिनिधि घटना हुन्, जुन विमानस्थलको अपीलपछि पनि विशिष्ठ व्यक्तिहरुको भ्रमणका क्रममा भीड कम हुनुको साटो थप बढेको छ ।

विमानस्थल आफैमा संवेदनशील स्थान हो । विमानमा यात्रा गर्ने बाहेक अरुलाई प्रस्थान र आगमनस्थलसम्मै पुग्न दिने र त्यो पनि थेगिनसक्नु संख्यामा । यस्तो दृष्य हाम्रा विमानस्थलमा मात्रै देखिन्छ ।

यी बेथिति सुधारमा राजनीतिक नेतृत्व नै गम्भीर हुनुपर्ने हो । तर नेताहरुको प्रचार मोहका कार विमानस्थलमै पत्रकार सम्मेलन गर्ने र कार्यकर्ता बोलाएर जयजयकार गर्न लगाउने परिपाटीले विमानस्थलमा भिड बढेको मात्र होइन जोखिमसमेत बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *