सरकारलाई बलियो बनाउन सहज रुपमा त्याग गरेँ : अमनलाल मोदी (भिडियो रिपोर्टसहित)

२९ साउन २०८० काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ ।
मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो ।
मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
मोदीले करिव ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।
प्रतिक्रिया