Main News

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा सघाउन माधवकुमार नेपाल तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २९ गते १७:४८
ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा सघाउन माधवकुमार नेपाल तयार (भिडियो रिपोर्टसहित)

२९ साउन २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताउनुभएको छ ।

युरोप भ्रमण छोट्याएर आज स्वदेश फर्किएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताउनुभएको हो ।

अध्यक्ष नेपालले बालुवाटार गुरुयोजना असल मनसायले अघि बढाएको दाबी गर्नु भयो । आफूले कुनै गलत काम नगरेको जिकिर गर्दै उहाँले नेपालमा विकसित घटनाक्रमपछि आफूले भ्रमण छोट्याएर आएको प्रष्टीकरण दिनुभयो ।

गत साउन २१ गते सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा गएको अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *