Main News

बरामद सुन जोख्न सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

हिमालय टिभी
२०८० साउन २९ गते १३:२३
बरामद सुन जोख्न सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

२९ साउन २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न आग्रह गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै सुन जोख्ने प्रक्रिया सुरु हुने बताउनुभयो । राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । अहिले सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *