Main News

जनमत पार्टी पुनः सरकारमा सहभागी, अनितादेवी साह सामान्य प्रशासन मन्त्री नियुक्त

हिमालय टिभी
२०८० साउन २९ गते १३:१०
जनमत पार्टी पुनः सरकारमा सहभागी, अनितादेवी साह सामान्य प्रशासन मन्त्री नियुक्त

२९ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ महिनामा १२ औं पटक मन्त्रिपरिषद् हेरफेर गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउनु भएको हो । जनमत पार्टीकी सांसद अनितादेवी साह सामान्य प्रशासनमन्त्री नियुक्त हुनु भएको छ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आज विहान शपथ गराउनुभयो । यसअघि सामान्य प्रशासनमन्त्री माओवादी केन्द्रका अमनलाल मोदी हुनुहन्थ्यो ।

जनमतलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले हिजो सरकारबाट फिर्ता बोलाएको थियो । यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।

जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *