Main News

मुस्ताङको कागबेनीमा बाढीले १५ बढी घर बगायो

हिमालय टिभी
२०८० साउन २९ गते १३:०३
मुस्ताङको कागबेनीमा बाढीले १५ बढी घर बगायो

२९ साउन २०८० मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका( ४ कागबेनीमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

गएराति करिब आठ बजे कागखोलामा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेको जानकारी दिनुभयो । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग माथिल्लो मुस्ताङको सडक सम्पर्क टुटेको बताउनुभयो ।

काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ ।

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा उद्धारका लागि खटिएको छ । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो ।

उहाँले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताउनुभयो । बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *