Main News

रुसले युक्रेनको खेरसनमा गरेको आक्रमणमा सात जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन २९ गते ७:४४
रुसले युक्रेनको खेरसनमा गरेको आक्रमणमा सात जनाको मृत्यु

२९ साउन २०८० युक्रेन । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा गरेको आक्रमणमा २३ दिने शिशुसहित सात जनाको मृत्यु भएको छ ।

अन्य २० जना घाइते भएका छन् । मृत्यु हुनेमा स्यारोका बाल्का गाउँका एक दम्पती, उनीहरूको २३ दिनको शिशु र १२ वर्षीय छोरा छन् ।

यस्तै छिमेकी गाउँ स्टानिस्लाभमा चर्चका पादरीसहित दुई जनाको पनि आक्रमणमा मृत्यु भएको छ ।

युक्रेनले गत नोभेम्बरमा रुसी कब्जाबाट खेरसनको केही भाग फिर्ता लिएको थियो । तर रुसी सेनाले क्षेत्रीय राजधानी र यसका वरपरका क्षेत्रहरूमा डिनिप्रो नदी पारिबाट गोलाबारी जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *