Main News

बंगलादेशी नागरिक अपहरण गरेको आरोपमा सात जना पक्राउ

हिमालय टिभी
२०८० साउन २८ गते १६:०४
बंगलादेशी नागरिक अपहरण गरेको आरोपमा सात जना पक्राउ

्२८ साउन २०८० काठमाडौं । बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका आठ बंगलादेशी नागरिकलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले आठ जनालाई उद्धार समेत गरेको छ ।

प्रहरीले अपरेशन ब्राभो किलो चलाएर सात जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर–९ कालिमाटीडोल ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर–२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन् ।

त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *