Main News

एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

हिमालय टिभी
२०८० साउन २८ गते १४:४४
एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

२८ साउन २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नु भएको छ ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाउँदै गृह र अर्थमन्त्रीले अहिलेसम्म राजीनामा नदिएकोमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारको चाङमा उभिएर प्रचण्डले सरकारको नेतृत्व गर्नु उपयुक्त नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने पनि स्पष्ट गर्नुभयो । उहाँले वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने जोड दिनुभयो ।

एमाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै साउन १० गतेदेखि संसद बैठकमा अवरोध गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *