Main News

मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड

हिमालय टिभी
२०८० साउन २८ गते १३:४०
मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड

२८ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लाग्नु भएको हो । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सरकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *