Main News

प्रतिकुल मौसमका कारण एयर इण्डियाको विमान बनारस डाइभर्ट

हिमालय टिभी
२०८० साउन २८ गते १३:२६
प्रतिकुल मौसमका कारण एयर इण्डियाको विमान बनारस डाइभर्ट

२८ साउन २०८० काठमाडौं । काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ ।

यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ । चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

भुटानतर्फको उडान समेत प्रभावित भएको छ । गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ पोखरा अझै खुल्न सकेको छैन ।

सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *