Main News

बाबुराम भट्टराईका भनाइ असंगतिपूर्ण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २७ गते २०:२५
बाबुराम भट्टराईका भनाइ असंगतिपूर्ण (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० काठमाडौं । पछिल्लो पटक बाबुराम भट्टराई नेपाली राजनीतिमा अस्थिर नेताका रुपमा परिचित हुनुहुन्छ । केही दशक अघिसम्म बौद्धिक र दूरदृष्टि राख्ने नेता मानिने भट्टराईको पछिल्लो बोली र व्यवहारमा संगति मिल्दैन ।

ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेश अनुसार भट्टराई पनि छानबिनको दायरामा तानिने भएपछि उहाँ तिलमिलाएको जस्तो देखिन्छ ।

एसएलसीका गोल्ड मेडलिस्ट र इञ्जिनियरिङमा मेधावी विद्यार्थीका रुपमा परिचय थियो, बाबुराम भट्टराईको । राजनीतिमा पनि उहाँको अलग स्थान थियो, बौद्धिक र दृष्टिकोण भएको नेताका रुपमा । तर, शान्ति प्रक्रियामा आएसँगै उहाँको परिचय बदलिएको छ । बाबुराम अर्थात अस्थिरताको बिम्ब, बोली र व्यवहारमा सँगती नमिलेको नेता ।

बाबुराम असँगतिका केही उदाहरण हेरौं
– माओवादी आन्दोलनका सूत्रधार भट्टराई माओवादीले घोषणा गरेको समानान्त्तर सत्ता अर्थात जनसरकारका प्रमुख हुनुहुन्थ्यो । माओवादी शान्ति प्रक्रियामा आयो र दोस्रो संविधानसभाले संविधान जारी गर्यो । त्यसपछि भट्टराईले माओवादी पार्टीलाई रातो स्टिकर टाँसेको घरको संज्ञा दिनुभयो । तर, २०७९ मंसिरको आमनिर्वाचनमा माओवादीकै चुनाव चिन्ह लिएर चुनाव लड्नुभयो । पार्टी एकताको चाहनासम्म राखेका भट्टराईको चाहना पुराभएको चाँही छैन ।

–लडाकु शिविर घोटालाका बिषयमा त्यतिबेला चर्को स्वरमा बोलेका बाबुरामले बुढिगण्डकीमा पनि ९ अर्ब तीन नेताले बाँडेर खाएको आरोप लगाउनुभयो । जबकी शिविर घोटाला हुँदा भट्टराई स्वयं माओवादीका दोस्रो वरियताको नेता हुनुहुन्थ्यो ।

प्रचण्डलाई भ्रष्टाचारको विम्ब मान्ने भट्टराईले आफूलाई फाइदा हुनेभएपछि महान क्रान्तिकारि देख्नुभये र प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र दिएर छोरीको टिकट साट्दै बुढिगण्डकी र शिविर घोटालाको सान्दर्भिकता सकिएको घोषणै गर्नुभयो ।

अहिले बाबुराम ललिता निवास प्रकरणमा तानिनुभएको छ । केही दिन यता उपत्यका बाहिर रहनुभएका भट्टराईले सरकारले सीआइबी लगाएर बालुवाटार जग्गा प्रकरणमा तान्न लागेपछि फेरि शिविर घोटालाको छानबिन सम्झनुभएको छ ।

उसो त कुनैबेला वैकल्पिक राजनीतिक दल बनाउन हिँडेका भट्टराई क्षेत्रीयतावादी पार्टी जसपामा अध्यक्ष बन्नुभयो । अहिले नेपाल समाजवादी पार्टी नामको सानो पार्टी बनाएर ठुलो पार्टीसँग एकता कुरेर बस्नुभएको छ । बोली र व्यवहारमा असँगत देखिँदा बाबुराम भट्टराईको सान्दर्भिकता राष्ट्रिय राजनीतिमा समाप्तिको सन्निकट पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *