चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै माइतीघरमा धर्ना (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले माइतीघरमा धर्ना दिएको छ ।
संघर्ष समितिले सिटिइभिटीको तत्काल पुनः संरचना गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका कारण बन्द भएका नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीको रोजगारीको ग्यारेन्टी लगायतका माग राखेको छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका सबै विधा समेटी दरबन्दी कायम गरी तत्काल पदपूर्ति गर्न, नेपाललाई मेडिकल, नर्सिङ तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने नीति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा प्रणाली खारेज गर्नु पर्ने उनीहरुको माग छ ।
प्रदर्शनमा सहभागी चिकित्सा शिक्षाका विद्यार्थीहरुले नेपालमै बसेर अध्ययन गर्न पाउनुपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया