Main News

छानबिन आयोग बनाएर ठूल्ठूला घोटालाको मुद्दा किनारा लगाऔं : बाबुराम भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २७ गते १६:०९
छानबिन आयोग बनाएर ठूल्ठूला घोटालाको मुद्दा किनारा लगाऔं  : बाबुराम भट्टराई (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोज बनाएर ठूल्ठूला घोटालाको मुद्दा किनारा लगाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताउनुभयो ।

चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका काण्ड मात्रै नभई पञ्चायतकालदेखिका प्रकरणलाई उच्चस्तरीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको उहाँको भनाइ थियो ।

गणतन्त्रणको स्थापनापछि भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा झन् मौलाएकाले ति घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने आयोग गठन गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

उहाँले ललिता निवास प्रकरणमा आफूले गलत नगरेको र मन्त्रीस्तरीय बैठकबाट केही जग्गा समरजंग कम्पनीमा लैजान निर्णय गरेकाले छानविनका क्रममा दोषी देखिए सजाय भोग्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *