Main News

सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै नटिक्ने नेता कोइरालाको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २७ गते १६:०५
सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै नटिक्ने नेता कोइरालाको टिप्पणी (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० भक्तपुर । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन नटिक्ने बताउनुभएको छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा नेता कोइरालाले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्नुभयो ।

उहाँले भ्रष्टाचार कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताउनु भयो ।

नेता कोइरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *