Main News

मतदानमार्फत जनप्रतिनिधिको मूल्याङ्कन

हिमालय टिभी
२०८० साउन २७ गते १२:५५
मतदानमार्फत जनप्रतिनिधिको मूल्याङ्कन

२७ साउन २०८० काठमाडौं । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिनुभयो ।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । राइट टु रिकलको प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग गर्दैछ ।

मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो । २०८० बैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाएका छन् ।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको सचिव साहको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *