Main News

स्टन्टमा रमाउँदै स्वास्थ्य मन्त्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २६ गते २०:५०
स्टन्टमा रमाउँदै स्वास्थ्य मन्त्री (भिडियो रिपोर्टसहित)

२६ साउन २०८० काठमाडौं । बैशाख २१ गते पदभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज एक सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ ।

तामझामका साथ कार्यक्रम गरी मन्त्री बस्नेतले आफूले एक सय दिनमा १ सय ७ काम गरेको फेहरिस्त सुनाउनुभयो । मन्त्री बस्नेतको सय दिनको काम हेर्दा स्वास्थ्य क्षेत्रको सुधारको काम थोरै, स्टन्ट धेरै देखियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्री काम कम, हल्ला प्रचार बढी गरिरहेका छन । त्यसमा अपवाद स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अपवाद हुने कुरै भएन । राम्रो काम गर्दै गए कामले नै हल्ला गर्दै जान्छ भन्ने भुलेका मन्त्री बस्नेतले एक सय दिन पूरा गरेको उलब्धी सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपस्थित हुन जारी गरेको उर्दी हेरौं ।

आफ्नो तालुकवाला मन्त्रीले जारी गरेको उर्दी उल्लंघन हिम्मत कसको हुनु । मन्त्रीको आदेश मानेर चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मी आफ्नो कामकाज छोडेर ुसेतो कोटु कार्यक्रममा उपस्थित भए ।

पार्टी सभापति शेरबहादुर देउवालाई दबाब र प्रभावमा पारेर स्वास्थ्यमन्त्री पड्काएका बस्नेतले प्रधानमन्त्रीलाई पनि प्रभावमा पारी छाडे । मन्त्रीको एक सय दिनको उपलब्धी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति दबाब प्रभावकै कारण हो । प्रधानमन्त्री मन्त्रीको कार्यक्रममा उपस्थित मात्रै भएनन् मन्त्रीको प्रशंसा भारी शब्दहरु खर्चिए ।

आफ्नो प्रशंसा सुनेका स्वास्थ्यमन्त्रीले पनि प्रधानमन्त्रीलाई ुसोडाु हाल्न छुटाउने कुरै भएन ।

स्टन्ट र चर्चामा रमाउने मन्त्रीले यो बीचमा विवादास्पद अभिव्यक्तिहरु पनि दिइरहेका छन । सरुवा नपाए आत्महत्या गर्ने चेतावनी दिएको भन्दै मन्त्रीले डोरी किनिदिने अभिव्यक्ति दिए । संसदीय समितिदेखि लिएर सार्वजनिक कार्यक्रममा समेत मन्त्रीले त्यो अभिव्यक्तिको प्रष्टीकरण दिइरहनु पर्‍यो ।

सिन्धुपाल्चोकको चौतारा अस्पताललाई हस्तान्तरण गरेको शववहान पनि मन्त्री बस्नेतको अर्को स्टन्ड निस्कियो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका अस्पतालका लागि खरिद गरेको शववहान प्रदेशका स्वास्थ्यमन्त्रीले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरुलाई हस्तान्तरण गरे । तर, संघीयमन्त्रीले सोही शववहानको साँचो पुन हस्तान्तरण गरेको फोटोले पनि निक्कै पायो ।

स्वास्थ्यमन्त्रीले पूर्वसूचना दिएर गरेको अनुगमनले बेलाबेलामा चर्चा पाइरहेकै छ । देशैभरीका ३०० फार्मेसी अनुगमन गर्ने घोषाणा गरे । नियमअनुसार औषधी व्यवस्था विभागले अनुगमन अनुमति दिएको फार्मेसी अधिकृतले अनुगमन गर्नुपर्ने भएपनि मन्त्रीले सिडियोलाई अनुगम गर्ने अनुमति दिए । भने काठमाडौमा त आफै फार्मेसीमा पुगेर अनुगमन गरे ।

स्टन्टबाज मन्त्रीले केही सुधारका कामहरु पनि घोषणा गरेका छन । अस्पतालहरुमा गरिब असाहायको लागि १० प्रतिशत वेड अनिवार्य, भिआइपी र भिभिआइपीको उपचार नेपालमा नै गर्ने भनेर वीर अस्पतालमा ३ वटा भिभिआइपी र भिआइपी उपचार कक्षको व्यवस्था, विशेषज्ञ उपचार टोली निर्माण गरेका छन । यी योजनाहरु साँच्चै कार्यान्वयन हुन्छन कि स्टन्ट मै सीमित हुन्छ । त्यो यसैभन्न सकिन्न । अहिलेलाई यत्ति भनौं ढाँटको निम्तो खाइ पत्याउनु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *