Main News
लडाकु शिविरमा भएको घोटाला छानबिन गर्न डा.भट्टराईको माग
२०८० साउन २६ गते १८:००
२६ साउन २०८० काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी लडाकु शिविर क्यान्टोन्मेन्टमा भएको घोटालाको छानबिन हुनुपर्ने माग गर्नुभएको छ ।
आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले क्यान्टोन्मेन्टमा भएको घोटालादेखि विमान घोटालासम्म सबैको छानबिन हुनुपर्ने बताउनुभएको हो ।
देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको उहाँको तर्क छ ।
उहाँले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषय उछाल्ने तर आफ्ना कुरा लुकाउने गर्ने काम रोक्न पनि समितिको आवश्यकता औँल्याउनुभयो ।
नेता भट्टराईले विगतमा बनाइएका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया