व्यापारी राकेश अडुकियाको छोरा रोहन अडुकिया पक्राउ
२६ साउन २०८० काठमाडौं । व्यापारी राकेश अडुकियाको छोरा रोहन अडुकिया पक्राउ परेका छन् । अध्यागमन विभागको टोलीले अडुकियालाई आज पक्राउ गरेको हो ।
भारतबाट इन्डिगो एयरलाइन्सको विमानबाट काठमाडौं आएका रोहनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको विमानस्थल प्रहरी प्रवक्ता पदम विष्टले जानकारी दिनुभयो ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मोटरसाइकलको ब्रेक प्याडभित्र राखेर काठमाडौं ल्याइएको सुन तस्करी प्रकरणमा राकेश अडुकिया पनि मुछिएका छन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा नाम जोडिएपछि फरार रहेका राकेशलाई प्रहरीले खोजिरहे पनि शुक्रबार उनका छोरा रोहन विमानस्थलबाटै पक्राउ परेका हुन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।
शुक्रबार बिहानमात्रै विमानस्थलबाटनै दुईजना चिनियाँ नागरिक लिजिया लिङ र लिउ फुयाङ पक्राउ परेका हुन । साउन ३ गते सिनामंगलबाट बरामद भएको एक क्विनटल सुन प्रकरणको अनुसन्धान हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ ।
पक्राउ परेकामध्ये विमानस्थल भन्सारकी कर्मचारी रुक्मिना सुब्बा स्वास्थ्यमा गम्भीर असर देखिएपछि उपचारका लागि हाजिरी जमानीमा छुटेकी छन् ।
प्रतिक्रिया