Main News

बैठक अवरुद्ध भएको दिनको भत्ता नलिने रास्वपाका सांसदहरुको घोषणा

हिमालय टिभी
२०८० साउन २६ गते १७:५२
बैठक अवरुद्ध भएको दिनको भत्ता नलिने रास्वपाका सांसदहरुको घोषणा

२६ साउन २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा बैठकपछि संसद भवनमा सभापति रवि लामिछानेले संसद नचलेको अवस्थामा कुनै पनि बेलामा हाजिरि मात्र गरेर आफ्नो पार्टीका सांसदहरुले तलव सुविधा नलिने घोषणा गर्नुभयो ।

उहाँले यसअघि अवरुद्ध भएको संसद बैठक र अब पनि संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने बताउनुभयो ।

सभापति लामिछानेले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद चलाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताउनु भयो ।

उहाँले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *