Main News

सांसद शर्मालाई पक्राउ गरेकोमा कांग्रेस सांसदहरुको असन्तुष्टि

हिमालय टिभी
२०८० साउन २६ गते १७:४९
सांसद शर्मालाई पक्राउ गरेकोमा कांग्रेस सांसदहरुको असन्तुष्टि

२६ साउन २०८० काठमाडौं । सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा कांग्रेस सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

आज नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।

कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरेको सांसदहरुको भनाइ छ । बैठकमा सांसदहरुले सुन तस्करी प्रकरणका बारेमा सदनमा कुरा उठाएकाले शर्मालाई पक्राउ गरेको दावी समेत गरेका थिए ।

सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने सांसदहरुको तर्क थियो । यस्तै, विभिन्न दलका नेताको नाम प्रकरणसँग मुसिँदा पनि कारावाही र छानबिन नभएकोमा सांसदहरुको असन्तुष्टि थियो ।

संसदमा पहिल्यैदेखि रहेका संसदीय समितिहरूमाार्फत छानबिन अघि बढाउन कांग्रेसले पहल गर्नुपर्ने सांसदहरुको माग छ । तर, केही सांसदले भने एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बनाउँदा पनि केही नबिग्रने तर्क गरेका छन् ।

बैठकमा सांसदहरुले संसदको गतिरोध अन्त्यका लागि शेरबहादुर देउवालाई पहल लिन समेत आग्रह गरेका छन् । संसदीय दलको बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *