Main News

सीआईबीद्वारा आठ जना नक्कली डाक्टर पक्राउ

हिमालय टिभी
२०८० साउन २६ गते १४:५६
सीआईबीद्वारा आठ जना नक्कली डाक्टर पक्राउ

२६ साउन २०८० काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

सीआईबीले आज भक्तपुरबाट पुनम थापा र मोरङबाट मनित चौधरीलाई पक्राउ गरेको हो । यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्।

ललितपुरको हात्तीबनकी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो ।

अपरेसन फक्सट्रट नाम दिएर सीआईबीले चलाएको अपरेसनमा हिजो दिउँसो नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।

सीआईबीले हिजै डा. अमित चौधरी, डा. रामबाबु यादव र एरिना यादवलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *