Main News

सबै दललाई विश्वासमा लिएर सदन सञ्चालन गर्न राष्ट्रपतिको आग्रह

हिमालय टिभी
२०८० साउन २६ गते १३:००
सबै दललाई विश्वासमा लिएर सदन सञ्चालन गर्न राष्ट्रपतिको आग्रह

२६ साउन २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाएर संसदको अवरोध हटाउन भइरहेका पहलबारे जानकारी लिनुभएको हो ।

जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *