Main News

एमालेद्वारा राष्ट्रियसभाको आजको बैठक पनि अवरोध

हिमालय टिभी
२०८० साउन २६ गते १२:५६
एमालेद्वारा राष्ट्रियसभाको आजको बैठक पनि अवरोध

२६ साउन २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा आज पनि अवरोध गरेको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति छानबिनको माग राखेर आज पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । एमालेको अवरोधअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिनुभएको थियो ।

त्यस क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखे । धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा एमालेका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए ।

दुवै पक्षका सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *