Main News

‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २४ गते १८:०६
‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’ (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्रीले राजीनामा गर्नु पर्ने स्थिति आउने तर्क गर्नु भएको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन हुन सक्ने भएकाले राजीनामा गर्नु पर्ने अवस्था आउने बताउनु भएको हो ।

अर्को छानविन समिति गठन गर्दा अहिले भइरहेको छानबिन पनि प्रभावित हुने भन्दै उहाँले बरु अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन सुझाव दिनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले गृहमन्त्रीले हिजो प्रतिनिधिसभामा सम्बोधनका क्रममा ३५ दिन समय मागेको भन्दै त्यसपछि उच्चस्तरीय छानबिन समिति गठनमा जान सकिने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *