Main News

संसद भवन बाहिरै रास्वपाले गर्‍यो सदनको अभ्यास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २४ गते १८:०२
संसद भवन बाहिरै रास्वपाले गर्‍यो सदनको अभ्यास (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० काठमाडौं । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवन बाहिरै संसदको अभ्यास गरेको छ ।

सदनबाहिर सभामुखलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले सुन प्रकरणमा ठूला व्यक्तिहरुको संलग्नता भएको दाबी गर्नुभयो ।

उहाँले गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै यसलाई अन्यथा भन्न नमिल्ने तर जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने आशंका गर्नुभयो ।

सभापति लामिछानेपछि संसदमा झैं रास्वपाका अन्य सांसदहरुले पनि धारणा राखेका थिए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सीआइबीको छानबिनमा पनि पूर्ण विश्वस्त हुने ठाउँ नरहेको बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *