Main News
ग्राण्डी अस्पतालमा हात्तीपाईले रोगको सफल शल्यक्रिया (भिडियो रिपोर्टसहित)
२०८० साउन २४ गते १७:५८

२४ साउन २०८० काठमाडौं । काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको सफल शल्यक्रिया गरिएको छ ।
गत साउन २ गते प्लास्टिक सर्जन प्राध्यापक डा।जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको ९ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
म्याग्दी बेनी घर भएका उनको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइलाको समस्या देखिएको थियो । प्रा. डा.श्रेष्ठले प्लाष्टिक सर्जरीबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिनुभयो ।
बिरामीको अवस्था सामान्य बन्दै गएपछि ती युवकलाई आज डिस्चार्ज गरिएको छ ।
प्रतिक्रिया