Main News

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमालय टिभी
२०८० साउन २४ गते १३:५३
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

२४ साउन २०८० काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो ।

बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताउनुभयो ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरु पनि उठेर विरोध जनाएका थिए । सभाामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरु नबसेपछि अवरोधकै बीचमा सांसद थापाले आफ्नो भनाई टुंग्याएका थिए । लगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालले नाराबाजी रोकेन । प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *