Main News

सदन सुचारु गराउन दलहरुबीच सहमतिको खोजी

हिमालय टिभी
२०८० साउन २४ गते १३:०९
सदन सुचारु गराउन दलहरुबीच सहमतिको खोजी

२४ साउन २०८० काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताबीच आज बसेको बैठकमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन अडान कायमै राखेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा एमालेले आफ्नो अडान दोहोर्याएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकको उपस्थिति छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको एमालेले गृहमन्त्रीको जवाफमा असन्तुष्टि जनाउँदै सदन अवरोध गर्ने अडान लिएको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजो संसदमा प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो सीआईबीलाई अनुसन्धान गर्न दिन आग्रह गर्नुभएको थियो । तर, एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने र माओवादी केन्द्रकै नेताको संलग्नताबारे प्रश्न उठाउँदै सीआईबी प्रभावित हुनसक्ने आरोप लगाउँदै आएको छ ।

उसले उच्चस्तरीय छानबिन समिति नभएसम्म सदन चल्न नदिने अडान राखेको छ । संसदको संकट फुकाउन आज पनि शीर्षनेताहरु छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *