Main News
रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु, ११ जना घाइते
२०८० साउन २३ गते १४:५४
२३ साउन २०८० रोल्पा । सहिदमार्ग सडक अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला नजिक रिचिमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको उहाँको भनाइ छ । घाइतेहरुलाई थप उपचारका लागि दाङ पठाइँदैछ ।
बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ । बस मोडबाट सिधै तल खसेको उहाँको भनाइ छ ।
प्रतिक्रिया