Main News

लगातार पानी परेसँगै काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

हिमालय टिभी
२०८० साउन २३ गते १२:३८
लगातार पानी परेसँगै काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

२३ साउन २०८० काठमाडौं । लगातार पानी परेसँगै काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

गएरातिदेखि भएको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्यश्वरी, कपन, सामाखुसी, अनामनगरसहितका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको हो । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँठाउँमा प्रहरी टोली परिचालन गरिएको छ ।

यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वीरबहादुर केसीको चार कोठे घर भत्किएको हो । घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *