Main News

पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०८० साउन २३ गते ८:२१
पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

२३ साउन २०८० काठमाडौं । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

लगातारको वर्षासँगै पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलालगायत नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरोले बिहानैदेखि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य जारी छ ।

उता पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने दुई वटा सडक अवरुद्ध भएका छन् । गएरातिदेखि नै परेको वर्षाका कारण भैंसे भिमफेदी कुलेखानी काठमाडौं सडकखण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो ।

भैंसे भिमफेदी कुलेखानी काठमाडौं सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै पहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध बनेको छ । बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सडक बन्द भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *