Main News

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको के थियो संलग्नता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २२ गते २०:४५
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको के थियो संलग्नता ? (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री तहसम्मै अनुसनधानका लागि बाटो खुला गरेपछि ललिता निवास जग्गा अनियमिततामा नाम जोडिएका बाबुराम भट्टराई र माधव नेपालमाथि छानबिन हुने भएको छ ।

प्रधानमन्त्री रहँदा नेपाल र भट्टराईले ललिता निवासको जग्गाबारे के निर्णय गर्नुभएको थियो ? कसरी ललिता निवास काण्डमा उहाँहरुको नाम जोडियो ?

ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानमा तानिनु हुने भएको छ । ०६६ र ०६७ को मन्त्रिपरिषद्ले निर्णय गर्दा नेपाल प्रधानमन्त्री हुनुहन्थ्यो भने ०६९ मा भट्टराई ।

पूर्वप्रधानमन्त्री नेपालको ललिता निवास प्रकरणमा सम्बन्ध हेरौं
–०६६ चैत २९ मा मन्त्रिपरिषद्ले गरेको निर्णयको ३३ नम्बर बुँदामा भनिएको छ, ‘भौतिक योजना तथा निर्माण मन्त्रालय काठमाडौं जिल्ला कामपा वडा नं ४ बालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरूको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा प्राप्त गरी विस्तार गर्ने ।’

–०६७ वैशाख ३१मा भएको निर्णयको १४औँ बुँदामा ‘भूमिसुधार तथा व्यवस्था मन्त्रालय– काठमाडौं महानगरपालिका, बालुवाटार–४ स्थित विशिष्ट व्यक्तिहरूको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा प्राप्त गरी विस्तार गर्ने’ उल्लेख छ ।

–०६७ साउन २८ गतेको निर्णयको १८औँ बुँदामा ‘भूमिसुधार तथा व्यवस्था मन्त्रालय– बालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरूको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा विस्तारसम्बन्धी अनुसूची संशोधन गर्ने’ भनिएको छ ।

भट्टराई प्रधानमन्त्री हुँदा
२०६९ असोज १८ गते पशुपति टिकिन्छा गुठीका नाममा जग्गा कायम गर्ने निर्णय भएको थियो । ३ रोपनी १२ आनामा कतै अस्तित्वमा नदेखिएको टिकिन्छा गुठी कायम गरी अनधिकृत रूपमा मोही कायम गर्ने निर्णय भट्टराईको पालामा भएको देखिन्छ । यो जग्गा गुठीको कायम गरी मोही सिर्जना गरेर व्यक्तिको नाम गरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *