Main News

सात हजार सात सय ३३ जनामा डेंगु पुष्टि, ७ जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन २२ गते १७:३१
सात हजार सात सय ३३ जनामा डेंगु पुष्टि, ७ जनाको मृत्यु

२२ साउन २०८० काठमाडौं । सरकारले यो वर्ष नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । यो अवधिमा ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो । काठमाण्डौमा आज कार्यक्रममा उहाँले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउनुभयो ।

उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा. मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो ।

यो तथ्यांक यो वर्षको जनवरीदेखि अगष्ट ६ सम्मको हो । नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो । गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *