Main News

सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २२ गते १६:३३
सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रचण्डले सांसदहरुलाई भूमिका बढाउन निर्देशन दिनुभएको हो ।

बैठकपछि पत्रकारसँग माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका लागि संसदमा भूमिकालाई बढाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको जानकारी गराउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *