Main News

ललिता निवास जग्गा प्रकरण : आफ्नो कार्यकालका सबै निर्णय छानबिन गर्न डा. भट्टराईको आग्रह

हिमालय टिभी
२०८० साउन २२ गते ७:३१
ललिता निवास जग्गा प्रकरण : आफ्नो कार्यकालका सबै निर्णय छानबिन गर्न डा. भट्टराईको आग्रह

२२ साउन २०८० काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानबिन गरी कारबाही गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भए पूर्णरूपले सहयोग गर्ने उल्लेख गर्नुभएको हो।

उहाँले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानबिन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको भए पनि कानूनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *