कान्ति बाल अस्पतालमा शैय्या अभाव (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
अहिले रुघाखोकी, निमोनिया, ज्वरो र झाडापखालाका बिरामीहरु अस्पताल पुगिरहेका छन । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा समस्या भएको बताउनुभयो । उहाँले एउटै बेडमा तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।
बालबालिकाको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा ३३० शैय्या छन । अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ ।
अस्पतालमा दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको छ । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ । कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया