Main News

प्रधानमन्त्री प्रचण्ड आगामी महिना चीन भ्रमणमा जाने

हिमालय टिभी
२०८० साउन २१ गते १४:५९
प्रधानमन्त्री प्रचण्ड आगामी महिना चीन भ्रमणमा जाने

२१ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना चीन भ्रमण गर्नु हुने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो हप्तातिर गर्ने गरी तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो । कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो साता भदौ २९ देखि असोज ५ गतेसम्म हुने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो ।

जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डले साउन ८ देखि १० गतेसम्म इटालीको भ्रमण गर्नुभएको थियो । परराष्ट्र मन्त्री साउदले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्री साउदले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *