Main News

न्यायाधीशका सुरक्षा अधिकृतको पेस्तोल चोरीको आरोपमा दुई जना पक्राउ

हिमालय टिभी
२०८० साउन २१ गते १३:०६
न्यायाधीशका सुरक्षा अधिकृतको पेस्तोल चोरीको आरोपमा दुई जना पक्राउ

२१ साउन २०८० काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत पीएसओ प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलले असार ३० मा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको जानकारी दिनुभयो ।

त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ । प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए ।

झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *