Main News

आगामी तीन दिन देशभर वर्षाको सम्भावना

हिमालय टिभी
२०८० साउन २१ गते १३:०४
आगामी तीन दिन देशभर वर्षाको सम्भावना

२१ साउन २०८० काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद सन्जिब अधिकारीले तीन दिन लगातार झरी नहुने तर वर्षाको क्रम बढ्ने बताउनुभयो । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ । मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *