Main News
काठमाडौंको तारकेश्वरमा पहिरोमा पुरिँदा बाबुछोरीको मृत्यु
२०८० साउन २१ गते १३:०२
२१ साउन २०८० काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ । आमा घाइते भएकी छन् ।
तारकेश्वर नगरपालिका(५ चो गाउँमा गएराति गणेश तामाङको एकतले जस्ताले छाएको घर पहिरोले पुरिएको थियो । राति करिब ९ बजेको समयमा पहिरोले घर पुरिँदा ४१ वर्षीय तामाङ र उनकी १५ वर्षीया छोरी आसमाको मृत्यु भएको बालाजु प्रहरी वृत्तले जनाएको छ ।
बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तामाङकी पत्नी ३५ वर्षीया सञ्जु घाइते भएकी छिन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया