Main News

भारतमा भएको दुर्घटनामा नेपालगञ्जका एकै परिवारका चारसहित ६ जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन २१ गते १२:५७
भारतमा भएको दुर्घटनामा नेपालगञ्जका एकै परिवारका चारसहित ६ जनाको मृत्यु

२१ साउन २०८० बाँके । भारतमा सवारी दुर्घटनामा परी नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ ।

भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका, तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा नेपालगञ्जको त्रिभुवनचोकका सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स र २० वर्षीया छोरी सुनितीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिनुभयो ।

मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *