Main News

लिम्पियाधुरामा भारतले अर्घेल्याईँ गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

हिमालय टिभी
२०८० साउन २० गते १५:५४
लिम्पियाधुरामा भारतले अर्घेल्याईँ गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

२० साउन २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताउनुभएको छ ।

एमालेको विदेश विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सिमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सीमा भनेर अर्घेल्याई गरेको बताउनुभएको हो । नेपालले आफ्नो दाबीलाई छाड्न नहुने उहाँको भनाइ थियो ।

नेपाललाई जानकारी नदिइ र सम्झौता नै नगरी कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै अध्यक्ष ओलीले सरकारले पनि लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेपालको छिमेकी भारत र चीनमात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने बताउनुभयो । यदि सीमा समस्या भएमा आपसी सहकार्यमा टुंग्याउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेका बेला आफुलाई सरकारबाट हटाइएको ओलीको दाबी छ ।

उहाँले परराष्ट्र मामिलामा कम्तिमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताउनुभयो । तर प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको उहाँको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *