उत्तराखण्डको पहिरोमा बेपत्ता १४ जना नेपालीको खोजी जारी

२० साउन २०८० काठमाडौं । भारतको उत्तरखण्डमा पहिरोले होटल बगाउँदा हराइरहेका १४ जना नेपालीको खोजी जारी छ ।
केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाउँदा उनीहरु वेपत्ता भएका हुन् । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् ।
दुई जनाको शव भेटिएको छ । तीमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण सनाखत हुन नसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
भारतीय सञ्चारमाध्यमले लेदोसहितको पहिरोले होटललाई मन्दाकिनी नदीमा पुर्याएकाले बेपत्ताहरू फेला नपरेको उल्लेख गरेका छन् । गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्रलाई पत्राचार गरेको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहे पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजीमा कठिनाई उत्पन्न भएको जनाइएको छ।
प्रतिक्रिया