Main News
प्रधानमन्त्री प्रचण्डसँग गौर हत्याकाण्ड पीडितको भेट
२०८० साउन २० गते १३:२४

२० साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोलीबीच भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्रीले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले बताउनु भयो । गौर हत्याकाण्डका पीडितले रौतहटको चन्द्रपुरमा एक सातादेखि धर्ना र प्रदर्शन गरिरहेका छन् ।
उनीहरुहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले छलफलका लागि बोलाएको हो ।यारी छ।
प्रतिक्रिया